वा सरकार ,वा सारकारी काम

ऋषि शर्मा

मोटरसाइकलको गति देखाउने मिटरमा रहेको सुइको गतिशीलतामा एकाग्र हुँदै हुइकी रहेकी थिए ।एउटा सरकारी अड्डामा काम थियो। ।अक्सर सेतो सर्ट र निलो पाइन्ट लगाउने मान्छेसँग काम नपरे हुन्थ्यो भन्ने चाहाना हुन्छ। सामान्य जिबिका गर्नेका लागि पनि केही काम अनिवार्य जस्तै हुँदा रहेछ्न।
मैले जन्माएकी छोरी पनि मैले मेरो भन्न पाउदिन । उसले दर्ता गरेर र मेरै हो भनिदिनु पर्छ।मैले प्रेम गरेर वा समझदारीमा लाखौं खर्च गरेर समाजका हरेकले थाह पाउनेगरि बिबाह गरेकी थिए । श्रीमान लाई मैले श्रीमान भन्न उसैले दर्ता गरिदिनु पर्यो । मैले पसिना बगाएर कमाएको धनले जोडेको जग्गा लाई उस्ले रजिस्ट्रेशन गरेपछी मेरो हुन्छ । मैले मेरो भन्न पाउने मेरो मृत्युमा सन्सार स्तब्ध भई हजारौं मलामी जादा समेत उसले दर्ता नगर्दा सम्म म मरेको नहुने । तिमी कति शक्तिशाली अधिकार प्राप्त निकाए।मैले आफ्नोलाई आफ्नो भन्न पूरा पूर तिम्रो अनुमती चाहिने।मोटरसाइकल आफ्नै गति मा हुइकिरहेको थियो । सडकको घुम्ती अलि अप्ठ्यारो स्थानमा मलाइ सिठी बजाएर रोक्न आदेश गरियो । मैले रोके तर मलाइ पछ्याइरहेको एक सवारी साधन हुइकिएर गयो । न उसलाई रोकियो न उस्ले रोक्यो। मेरा कागज पत्र उपर निगरानी गरियो। मैले प्रश्न गरे अर्को साधन नरोकिएकोमा । जवाफमा उनले भने उ सरकारी मान्छे हो । म सरकारी थिइन । उनले ब्याख्या गरे।सेतो प्लेट भएको त्यो साधन जसलाइ कसैले सोधपुछ गर्नु पर्दैन ।चाहे उ जस्तो सुकै होस।म उहीँ रफतारमा अड्डा पुगे। एक जना अलिक ढिलो अड्डा पुगेका सरकारी मान्छे हाकिमको खप्की खादै रहेछ्न् । अघि पछि सरकारी मान्छे को फुर्ती दिने हाकिम को अगाडि तर्क बिहिन लुरुक्क देख्दा एक प्रकारको दासता स्पष्ट हुन्थ्यो । गर्जन गर्ने अनि म्याउ गर्ने दुबै सरकारी मान्छे।यो दृश्य मलाइ थुप्रै सरकारी मान्छे को तस्बिर मगजमा आयो।दिन भरी लौरो समातेर सुरक्षार्थ खटिने पनि सरकारि मान्छे । उसैको अड्डामा अफिसरको शैयन कक्षमा दिउसै चुस्की लिदै पल्टेको उसको हाकिम नि सरकारी मान्छे । अध्यागमन कार्यालय अगाडिको सडकमा दिन भरी हरेकसँग मुठ्ठीमा अपेक्षा गर्ने नि सरकारी मान्छे । उसैको अड्डामा कागज मिलाएबापत हरेक दिन उपहारस्वरूप कुम्ल्याउने नि सरकारी मान्छे। विमानस्थलमा ठुलै परिणाम के के भित्र्याउन सहयोग गर्ने नि सरकारी मान्छे ।त्यही केश उल्झियमा जागीर चैट हुने तलको कारिन्दा नि सरकारी मान्छे। बन र बन्यजन्तु बचाउन दिन घाम नभनी जङ्गल हिड्ने नि सरकारी मान्छे । उसले जोगाएको सम्पदा कमिसमा डिल गर्ने उसैको हाकिम नि सरकारी मान्छे। एउटा विद्यालयमा दिनभरी पढाएर च्याउसे अनुहार भएको शिक्षक पनि सरकारी मान्छे । मानौ निकट भबिस्यमा उ क्यान्सर रोगी हुँदैछ । त्यही सस्थामा एक दिन नपढाएर शैक्षिक गुणस्तरका ठुला भाषण ठोक्ने कथित राजनीति गर्ने पनि सरकारी मान्छे।नाप तौल र गुणस्तरका नाममा सिल गर्ने बबुरो कर्मचारी पनि सरकारी मान्छे । त्यही सिल खोल्न कमिसनमा डिल गर्ने हाकिम नि सरकारी मान्छे । प्रचलित ऐन नियम बमोजिम आफू केही नगर्ने तर अरुलाई अक्षरस पालना गर्नुपर्छ भनी नाटक मन्चन गर्ने नि सरकारी मान्छे। श्रम र श्रमिकका हितमा काम गर्न खटिएको तर ब्यबस्थापकको सहकार्यमा श्रमिक निचोर्ने नि सरकारी मान्छे ।कसैको भएको जमिन घटाउने अनि कसैको नभएको जमिन बढाइदिने नि सरकारी मान्छे। भ्रष्टाचारमा शुन्यसहनशिलता को ढवाङ्ग देखाउने नि सरकारी मान्छे । व्यावहारमा भ्रष्टाचार बिना हुन्न सहनशिलता पनि सरकारी मान्छे।महिलाको उत्त्थानका लागि खोलिएका अड्डामा महिला द्वारानै महिला बिकासका लागि आउने बजेट ले आफ्नो गर्जो निकास गर्ने नि सरकारी मान्छे ।यी त केही अड्डाका प्रतिनिधि सरकारी मान्छे मात्र हुन।यस्ता कयौं सरकारी मान्छे छ्न।
यति सोच्दै म मेरो कामका लागि फाइल दर्ता गरे ।काम एक हप्ता पछि मात्र हुने जानकारी दिइयो। अहिले नै काम किन हुदैन जिज्ञासा राखे ।उनी जगिए र भने “काम तपाइको मात्र छ । यहाँ थुप्रै काम गर्नु पर्छ।“ तर उनी आधा घन्टा अघि देखि केही काम नगरी बसेको देख्ने प्रत्यक्षदर्शी म थिए।मैले ठूलो कुरा गरिन किन भने उनी सरकारी मान्छे।म बाहिर निस्किए ।एक पटक सोचे काला मन भएका सेतो प्लेटधारी मान्छे हो तिमीहरुले एउटा कुरा बुझेका छौ ? तिम्रो सेतो प्लेट को साधन ले एक मिटर गुड्दा जल्ने प्रत्येक थोपामा मेरो परिश्रमको पैसा छ ।तिमिले एक एक महिना काम गरे पछि थाप्ने तलबमा मेरो पसिना मिसिएको छ।मेरो छाक काटेर तिरेको करको पैसा ले तिमिले के के गर्छौ थाह छ? तिम्रो परिवार म जस्तै ले तिरेको कर बाट चलेको छ। तिम्रो अन्डरवयर देखि बाहिरको सुकिलो लुगा।तिमी अविवाहित छौ भने तिम्रो हुने वाला श्रीमति ले लगाउने सिन्दुर र पोते समेत मेरो पसिना मिसिएको हुनेछ ।हुनत तिमिले भनौला हामीले पनि त महिना भरी पसिना बगाएका छौ । तर के मा बगायौ ? सेवाग्राहीको मन प्रफुल्ल हुने गरि सेवा प्रदान गरेर ? मलाइ एउटा उदाहरण पेश गर्न सक्छौ ?सायद सक्दैनौ होला ।खैर ठिक छ अब तिमी हिसाब गर्दै गर तिम्रो खाने गाँस देखि बस्ने बास सम्म मेरो योगदान । त तिमी म प्रती उत्तरदायी हुनु पर्छ कि पर्दैन? अन्तमा मैले निश्कर्ष निकाले तिमी सेटिङ मिलाइ भ्रष्टाचार गर्न । रेटिङ मिलाइ कमिसन खान ।बिपरित लिङ्गी कारिन्दा भेटे डेटिङ मिलाइ आनन्द लिन । अनि हेटिङ गरि सेवा दिन सिपालु छौ।मैले यति लेखिरहदा तिमी लाई मानहानी महसुस भयो भने तिमिले मलाइ समाउन पठाउन आउने नि सरकारी मान्छे। वाह सरकार, सरकारी काम।
लेखक त्रिभुवन नमुना मा.बि.काेहलपुरमा कार्यरत शिक्षक हुनुहुन्छ।


ताजा समाचार