बाल पत्रिका प्रकाशनकाे तयारीमा कोहलपुर बाङ्‌मय प्रतिष्ठान

काेहलपुर,बाँके। कोहलपुर बाङ्‌मय प्रतिष्ठानले बालबालिकाहरूलाई मध्यनजर गरेर नियमित रूपमा बाल पत्रिका प्रकाशन गर्ने तयारी गरिरहेको छ ।

प्रतिष्ठानले पहिलो अङ्क प्रकाशनकाे तयारी गरिरहेकाे का. वा. अध्यक्ष सुमित्रा न्याैपानेले जानकारी दिनुभयो । पत्रिकामा खण्ड “क” मा स्थापित साहित्यकारहरूका रचनाहरू समावेश गरिने छ भने खण्ड “ख” मा स्थानीय शिक्षक/ साहित्यकारहरूका रचना (अग्रजको कलम स्तम्भ ) समावेश गरिने का बा अध्यक्ष न्याैपानेले जानकारी दिनुभयाे। यसैगरी खण्ड “ग” मा बालबालिकाहरूका रचनाहरू (कोपिला स्तम्भ ) समावेश गरिने छ। पत्रिका स्तरीय र प्रेरणादायी बनोस् भन्ने उद्देश्य राखी कोहलपुर क्षेत्रभित्र रहेका बाल साहित्यमा सृजना गर्ने शिक्षक तथा साहित्यकारहरूबाट स्तरीय रचनाहरूको (बालबालिकाको स्तर सुहाउँदो) प्रतिष्ठानले आह्वान गरेकाे छ।
प्रतिष्ठानले विद्यालयका शिक्षकहरूले आफ्ना विद्यालयका साहित्य सृजनामा रुचि राख्ने (सृजना गर्ने) कुनै तीन जना विद्यार्थीहरूका सृजनाहरू प्राथमिकताका आधारमा क्रमश सम्पादन समेत गरेर यही चैत्र १५ गतेभित्र उपलब्ध गराउन समेत अनुरोध गरेकाे छ।आफ्ना रचनाहरु neupanesumitra00@gmail.com मा मेल गर्न समेत प्रतिष्ठानले अनुरोध गरेकाे छ।


ताजा समाचार