काठमाडौं–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन, बाढीका कारण अवरुद्ध भएको काठमाडौं–चितवनको मुग्लिनसम्मको सडकखण्ड पुनः सञ्चालनमा आएको छ।
नेपाल प्रहरीले उक्त सडकखण्ड हाल पूर्ण रूपमा सुचारु रहेको जनाएको छ। सडक सञ्चालनमा आएसँगै काठमाडौं हुँदै मुग्लिनतर्फको आवागमन सहज भएको छ।
यद्यपि धादिङको बैरेनी बजारको करिब एक किलोमिटर सडकखण्डमा भने सवारीसाधन एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
यही भदौ १० गतेकाे बाढीका कारण धादिङ र चितवनतर्फको उक्त सडकखण्ड अवरुद्ध भएको थियो।
बाढीका कारण अवरुद्ध सडक पुनः सञ्चालनमा आए पनि बैरेनी बजार क्षेत्रमा एकतर्फी यातायात सञ्चालन भइरहेकाले यात्रु तथा चालकलाई सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ।


ताजा समाचार