भदौ २३ गते सार्वजनिक बिदा

१८ भदौ, । सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको स्मृतिमा जेनजी शहीद दिवस मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
सरकारको निर्णयसँगै भदौ २३ गते देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकाय बन्द रहनेछन्।


ताजा समाचार