मोहम्मद जयन्तीकाे अवसरमा नेपालगन्जमा भाेलि सार्वजनिक बिदा
मोहम्मद जयन्तीकाे अवसरमा नेपालगन्जमा सार्वजनिक बिदा
नेपालगन्ज । मोहम्मद जयन्तीको अवसरमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा एक दिन सार्वजनिक बिदा हुने भएको छ।
नेपालगन्ज उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै २०८३ साल भदौ १० गते मोहम्मद जयन्तीका अवसरमा नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा सार्वजनिक बिदा दिने जनाएको छ ।




