काेहलपुरमा प्रथम प्रदेशसभा कप यू १६ फुटबल प्रतियोगिता हुँदै

कोहलपुर , बाँकेको प्रदेशसभा निर्वाचन  क्षेत्र नं. १ (ख) अन्तर्गत प्रथम प्रदेशसभा कप अन्तर माध्यमिक विद्यालय यू–१६ फुटबल प्रतियोगिता  सञ्चाल हुने भएको छ।

कोहलपुर नगरपालिका सभाहलमा आज बसेको बैठकले आगामी जेठ १ गतेदेखि ६ गतेसम्म  प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।
लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीकाे विशेष उपस्थितिमा  तथा सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख ऋषिराज शर्माको अध्यक्षतामा  विभिन्न सम्पन्न बैठकले प्रतियोगिताको तयारीलाई अन्तिम रूप दिएको हो। बैठकमा  काेहलपुर नगर शिक्षा शाखाका अधिकृत पुष्प लाल शाही शिक्षक महासंघ काेहलपुरका अध्यक्ष निम प्रकाश थापा,प्याब्सन काेहलपुरका अध्यक्ष रमेश खत्री,गाेरका युनाइटेड पब्लिक स्कुलका संस्थापक केशर बहादुर आले, विभिन्न पेशागत खटकका प्रतिनिधि ,खेल प्रशिक्षक लगायतकाे सहभागीता रहेकाे थियाे।
प्रतियोगिता सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जको आयोजनामा हुने छ भने नेपाल शिक्षक महासंघ कोहलपुर र राप्ती सोनारीले समन्वय गर्ने छन। प्रदेशसभा निर्वाचन  क्षेत्र नं. १ (ख) अन्तर्गत कोहलपुर नगरपालिका तथा राप्ती सोनारी गाउँपालिकाका वडा नं. १ र ९ नम्बर वडा  पर्दछ।

कुल २४ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा विजेतालाई ५ लाख, उपविजेतालाई ३ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीलाई २ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने शिक्षक महासंघ कोहलपुरका अध्यक्ष निम प्रकाश थापाले जानकारी दिए।
प्रतियोगिताका खेलहरू श्री कृष्ण माध्यमिक विद्यालय कोहलपुर र गोरखा युनाइटेड पब्लिक स्कुल कोहलपुरका खेल मैदानमा सञ्चालन हुनेछन्।


प्रतियोगितामा सहभागी हुनका लागि खेलाडीको जन्ममिति २०६७ साल बैशाख २८ गतेपछि र २०७० साल बैशाख २८ गतेअगाडि भएको हुनुपर्नेछ। साथै १३ वर्ष पूरा गरी १६ वर्ष ननाघेका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा   २०८२ सालमा एसइई परीक्षा दिएका विद्यार्थीहरूले समेत  सहभागी हुन पाउने व्यवस्था गरिएको छ।


ताजा समाचार