चौथो कोहलपुर गोल्डकपको तयारी पुरा, वैशाख १९ गते उद्घाटन

कोहलपुर । कोहलपुरमा आयोजना हुन लागेको “ चाैथाे कोहलपुर गोल्डकप” फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।


आयोजक रेसिङ सहारा क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत खेल तालिका (टाइसिट) सार्वजनिक गर्दै प्रतियोगिता वैशाख १९ देखि २६ गतेसम्म कोहलपुर–२ स्थित तेह्र बिगाहा खेलमैदानमा सञ्चालन हुने जानकारी दिएको हो।
प्रतियोगिताको चौथो संस्करणमा नेपालका विभिन्न प्रतिष्ठित क्लबहरूसँगै एक विदेशी टोलीको समेत सहभागिता रहनेछ। सहभागी टिमहरूमा आयोजक रेसिङ सहारा क्लब, पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम), लालीगुराँस एसोसिएसन क्लब (पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र विभागीय टिम नेपाल पुलिस क्लब रहेका छन्।
उद्घाटन खेल आयोजक रेसिङ सहारा क्लब र पञ्चकोशी युवा क्लबबीच हुनेछ। सेमिफाइनल खेलहरू वैशाख २३ र २४ गते तथा फाइनल खेल वैशाख २६ गते हुने तालिका सार्वजनिक गरिएको छ।
प्रतियोगिताका संयोजक कर्ण बस्नेतका अनुसार खेल मैदान, आवास, सुरक्षा र दर्शक व्यवस्थापन लगायत सम्पूर्ण तयारी पूरा भइसकेको छ। दर्शकहरूलाई सबै खेल नि:शुल्क हेर्ने व्यवस्था गरिएको पनि उनले बताए।
आयोजक क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले प्रतियोगिताले स्थानीय खेलकुद विकाससँगै फुटबलप्रेमी दर्शकलाई उच्चस्तरीय खेलको अनुभूति दिलाउने विश्वास व्यक्त गरे।


ताजा समाचार