जमुनाह भन्सारबाट प्रतिबन्धित कोरेक्ससहित एक जना पक्राउ

नेपालगन्ज ,बाँकेको जमुनाहा भन्सार क्षेत्रमा प्रतिबन्धित औषधि कोरेक्ससहित एक जना पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा भन्सारमा गरिएको चेकजाँचका क्रममा सशस्त्र प्रहरीकाे टाेलीले सुर्खेत नगरपालिका वडा न ६ निवासी साहिल नेपाली पक्राउ परेकाे सशस्त्र प्रहरी नायव निरिक्षक खगेन्द्र पाैडेलले जानकारी दिनुभयाे। नेपालीको साथबाट १३ बोतल कोरेक्स, ५० हजार रुपैयाँ नगद तथा मिति सकिएको करिब १ लाख रुपैयाँ बराबरको चेक बरामद गरेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी नायव निरीक्षक खगेन्द्र पौडेलको नेतृत्वमा खटिएको टोलीले नेपालीलाई भारतको रुपैडियाबाट मोटरसाइकलमार्फत नेपाल प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएको हो।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय जमुनाहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।


ताजा समाचार