काेहलपुरमा गणित तथा विज्ञान शिक्षकका लागि शैक्षिक सामग्री निर्माण तथा क्षमता विकास तालिम सुरु
काेहलपुरमा गणित तथा विज्ञान शिक्षकका लागि शैक्षिक सामग्री निर्माण तथा क्षमता विकास तालिम सुरु
कोहलपुर, काेहलपुरमा आधारभूत तथा माध्यमिक तहका गणित तथा विज्ञान विषयका लागि शैक्षिक सामग्री निर्माण कार्यशाला तथा क्षमता विकास तालिम कोहलपुरमा सुरु गरिएको छ।
कोहलपुर नगरपालिका र क्रिसा बाँकेको सहकार्यमा सञ्चालन भएको उक्त तालिम सामुदायिक र संस्थागतका गरि ७९ जना शिक्षक सहभागी हुने काेहलपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख रविलाल मिजारले जानकारी दिनुभयाे।
तालिमको पहिलो चरण वैशाख १० देखि १२ गतेसम्म र दोस्रो चरण १३ देखि १५ गतेसम्म हुनेछ। पहिलाे चरणमा कक्षा ५ सम्म अध्यापन गर्ने शिक्षक र दाेस्राे चरणमा कक्षा ६ देखि माथि अध्यापन गराउने गणित र विज्ञान शिक्षक तालिममा सहभागी हुनेछन ।उक्त तालिममा गणित तथा विज्ञान विषयका विशिष्ट प्रशिक्षक पशुपति श्रेष्ठ र गुरुङले सहजीकरण गरिरहेका छन्।
कार्यशालामा सामुदायिक तथा संस्थागत विद्यालयका गरी ७९ जना गणित तथा ७९ जना विज्ञान विषयका शिक्षकहरूको सहभागिता रहेको छ। सहभागी शिक्षकहरूलाई पाठ्यक्रमअनुसार प्रभावकारी शिक्षण विधि, शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने शाखा प्रमुख मिजारले बताउनु भयाे।
तालिम सञ्चालनका लागि आवश्यक हल तथा लजिस्टिक व्यवस्थापन जीवज ज्योति स्कुल, रामनगरले गरेको छ।




