बाँकेमा भएकाे बस दुर्घटनामा १२ जनाकाे मृत्युु ,२१ जना घाइते

काेहलपुर
नेपालगञ्जबाट सल्यान तर्फ जाँदै गरेको हाइस बस बाँकेकाे राप्तिसाेनारीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन।
बाँके प्रहरी प्रमुख एस.पी.वीर कहादुर वलीले दिएको जानकारी अनुसार नेपालगञ्जबाट सल्यान जाँदै गरेको पंचकाेशी यातायातकाे ना ५ ख ५९९५ नम्बरको हाइस पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा दुर्घटनामा परेको थियो ।

फाेटाे- सदरलाइन बाट

सो दुर्घटनामा परी एघार जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको एस.पी.वलीले जानकारी दिनुभयाे। सबै यात्रुहरु भारतबाट अाएका हुनाले उनीहरुकाे काेराेना समेत परिक्षण हुने भएकाे छ।मृतक १२ जनाकै शव भेरी अस्पतालमा रहेको छ । घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ ।

अहिले २० जना पुरुष र एक महिलाको भेरीमा उपचार भइरहेको छ । तीन जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका थिए ।


ताजा समाचार