काेहलपुर
बाँकेकाे काेहलपुर नगरपालिका राजस्व परामर्श समितिको बैठक आइतबार भर्चुअल प्रबिधिबाट सम्पन्न भएकाे छ।
प्रबिधिकाे माध्यमबाट भएकाे बैठकमा राजस्वका विभिन्न क्षेत्रका बारेमा छलफल भएकाे काेहलपुर नगरपालिकाका उपप्रमुख एवं राजस्व परामर्श समितिका संयोजक सन्जु कुमारी चाैधरीले जानकारी दिनुभयाे।
बैठकमा आगामी आर्थीक बर्षमा कर के कसरी निर्धारण गर्ने कसरी निर्धारण गर्ने भन्ने सम्बन्धमा छलफल भएकाे थियाे।छलफलमा सहभागीहरुले करकाे दर भन्दा पनि दायरा बढाउन सकिने सुझाव दिएका छन।
बैठकमा काेहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रदेव भारतीले चालू अार्थिक बर्षमा लक्ष्य अनुसार राजस्व उठ्न नसकेकाे जानकारी दिनुभयाे। काेहलपुर नगरपालिकाका लेखा अधिकृत सुदिप सिह सुनारले नगरपालिकामा प्राप्त बजेटकाे जानकारी दिनुभयाे। बैठकमा काेहलपुर उद्याेग ब्यापार संघका महासचिव तेज प्रसाद अधिकारीले ब्यवसायीलाई ब्यवसाय कर घर बहाल करमा सहुलियत दिनुपर्ने बताउनु भयाे। बैठकमा नगर कार्यपालिका सदस्य कल्पना अधिकारी, वडा न ३ का वडा अध्यक्ष माधव रिजाल, काेहलपुर उद्याेग ब्यापार संघका अध्यक्ष चक्र बहादुर अधिकारी लगाएतकाे उपस्थिति रहेकाे थियाे।
समितिले राजस्वका विभिन्न बिषयमा निर्णय गरी नगर कार्यपालिकामा सिफारिस गर्ने प्राबधान छ राजस्वका विषयमा पुनः अर्काे बैठक बसी छलफल गरिने उपप्रमुख एवं समितिका संयाेजक चाैधरीलेले वताउनु भयाे ।