रुकुम घटनाकाे बिराेधमा काेहलपुरमा बिशाल खबरदारी र्याली
कोहलपुर
रुकुममा भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै आइतबार कोहलपुरमा खवरदारी र्याली प्रदर्शन गरिएको छ ।
संयुक्त दलित संघर्ष समिति बाँकेको आयोजनामा गरिएको सो र्याली कोहलपुर विभिन्न स्थानमा पुगी चौराहमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै पुर्व सिचाइ राज्यमन्त्री दल बहादुर सुनारले रुकुम पश्चिममा भएको घटनाले सम्पुर्ण दलित समुदाय स्तब्ध भएको बताउदै अहिलेको सरकारले घटनालाई गम्भीरता पुर्वक लिइ दाेषीलाई कडा कारबाहीकाे माग गरे। कार्यक्रममा ठुलाे संख्यामा स्थानिय,दलित अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।