बाँकेमा अवैध भन्सार छलिका सामान बरामद

नेपालगञ्ज, बाँके प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर चोकबाट अवैध रूपमा ल्याइएका सामग्री नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार फलफूल तथा तरकारी, माउन्टेन ड्यू, कोक नामक पेय पदार्थ र दुवानीमा प्रयोग भएका साइकलसमेत बरामद गरिएको छ। बरामद सामानको अनुमानित मूल्य करिब १ लाख २२ हजार ७ सय ३५ रुपैयाँ रहेको बताइएको छ।
उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।


ताजा समाचार