टण्टलापुर घाममा ढाड सेकाएर मूल्यवृद्धिविरुद्ध भूम भण्डारीको विरोध
कोहलपुर — चर्को घामका बीच चौराहामै बसेर सामाजिक अभियन्ता भूम भण्डारीले मूल्यवृद्धिविरुद्ध ढाड सेकाएर विराेध सुरु गर्नुभएको छ।
बढ्दो महँगीका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको भन्दै उहाँले विरोधस्वरूप ढाड सेक्काएर विराेध जनाउनु भएकाे हो।
भण्डारीले दैनिक उपभोग्य वस्तुहरूको मूल्य निरन्तर बढ्दै जाँदा आम नागरिक मारमा परेको बताउँदै तत्काल मूल्य नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन यस्तो कदम चाल्नुपरेको उल्लेख गर्नुभयो।




