दाइजोमुक्त विवाहका लागि उपसभामुखको अपिल

दाइजोमुक्त विवाहका लागि उपसभामुखको अपिल


काेहलपुर । उपसभामुख रुबि कुमारी ठाकुरले समाजमा अझै दाइजो प्रथा कायम रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ।
उपसभामुख ठाकुरले हालै आफूले प्राप्त गरेका विवाह निमन्त्रणापत्रहरूमा “दहेज मुक्त विवाह” भन्ने स्पष्ट उल्लेख नदेखिएको उल्लेख गर्दै , यसले समाज पूर्ण रूपमा कुरीतिबाट मुक्त हुन नसकेको संकेत गर्ने बताउनुभएकाे छ।
उहाँले दाइजो लिनु र दिनु मात्र नभई फेसबुक स्दाटाटसमा उप सभामुख ठाकुरले इजोमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय भएको स्पष्ट पार्नुभयो। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष असर पार्ने उहाँको भनाइ छ।
उपसभामुख ठाकुरले समाज परिवर्तनका लागि व्यक्तिगत तहबाटै पहल आवश्यक रहेको उल्लेख गर्दै सानो कदमले पनि ठूलो परिवर्तन सम्भव हुने बताउनुभयो। दाइजो लेनदेन भएको विवाहमा आफू सहभागी नहुने जानकारी दिँदै उहाँले दहेजमुक्त, समानतामा आधारित विवाहको अभ्यासलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गर्नुभएको छ।
साथै, विवाह निमन्त्रणापत्रमै “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने सन्देश स्पष्ट रूपमा समावेश गर्न उहाँले अनुरोध गर्नुभएको छ।
उहाँले सबैलाई दाइजोमुक्त समाज निर्माणका लागि एकजुट भएर ठोस कदम चाल्न आह्वान गर्नुभएको छ।


ताजा समाचार