कोहलपुरमा भोलिदेखि भर्ना अभियान सुरु, १४ गतेदेखि कक्षा सञ्चालन गर्ने निर्णय
कोहलपुर, कोहलपुर नगरपालिकामा भोलि बैशाख ३ गते देखि नयाँ शैक्षिक सत्र २०८३ का लागि भर्ना अभियान सुरु हुने भएको छ।
नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सुचना अनुसार वैशाख ३ गतेदेखि भर्ना अभियान सञ्चालन हुनेछ भने वैशाख १४ गतेदेखि नियमित कक्षा सञ्चालन हुने सुचनामा उल्लेख छ।
काेहलपुर नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक तथा संचालकहरुपकाे बैठकले शुक्रबार र महिनाको अन्तिम दिन पूरा समय पढाइ सञ्चालन गर्ने निर्णय समेत गरेको छ।
विद्यालयहरूले समयमै शैक्षिक सामग्री व्यवस्थापन, निःशुल्क पाठ्यपुस्तक वितरण तथा वार्षिक शैक्षिक योजना निर्माण गर्नुपर्नेछ।
नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, सामाजिक विकास समितिका संयोजक, नगर शिक्षा प्रमुख रविलाल मिजार, शिक्षक महासंघ कोहलपुरका अध्यक्ष निम प्रकाश थापा लगायतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा शिक्षकहरूको क्षमता विकास, विद्यालय व्यवस्थापन सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका विषयमा समेत छलफल गरिएको थियो।




