दिप प्रज्वलन गरी काेहलपुरमा मनाइयो “दूध दिवस”

काेहलपुर

आज जुन १ तारिख अर्थात् विश्व दूध दिवस ‘नियमित दूध पिऔँ, प्रतिराेधात्मक क्षमता बढाऔँ”भन्ने नाराका साथ आज काेहलपुरमा दूध दिवश मनाइएकाे छ।
काेहलपुर डेरी एसाेसियसनकाे आयाेजनामा काेहलपुर चाैराहमा दिप प्रज्वलन गरि २०अाै दूध दिवस मनाइएकाे हाे।
बजारमा गुणस्तरहिन खुला दूध बिना मापदण्ड बिक्री बितरण गर्दा समेत नियमनकारी निकाय भने यसतर्फ चासाे नदेखाएकाे काेहलपुर डेरी एसाेशियसन काेहलपुरमा महासचिव सन्ताेष पाैडेलले बताए। उनले भने,- “दर्ता भएका डेरी उधाेगमा विभिन्न बहानामा सरकारी निकाएले दु:ख दिने गरेकाे छ।”
काेराेना संक्रमणकाे जाेखिम न्यून गर्ने भन्दै देशमा लकडाउन लागू गरिएपछस भने दूध किसान र ब्यवसायी मर्कामा परेकाे गुनासाे छ। प्रहरी प्रशासनको अबराेधका कारण किसानलाई डेरी उधाेगसम्म दूध पुर्‍याउन समस्या परेकाे महासचिव पाैडेलकाे भनाई छ।

दुग्धपानको महत्व बुझाउन विश्व खाद्य संगठनले सन् २००१ देखि जुन १ तारिखमा यो दिवस मनाउने निर्णय गरेको हो भने नेपालले सन् २०११ देखि यो दिवस मनाउन थालेको हो । हरेक नेपालीले वर्षमा ७४ लिटर मात्रै दूध उपभोग गरेको पाइन्छ । तर विश्व स्वास्थ्य संगठनका अनुसार मानव स्वास्थ्यका लागि प्रतिवर्ष प्रतिव्यक्ति ९२ लिटर दूधको आवश्यकता पर्छ ।

दूधमा भिटामिन, चिल्लो पदार्थलगायतका पोषक तत्वका साथै क्याल्सियम पनि हुने भएकाले स्वस्थ रहनका लागि याे आवश्यक मानिन्छ । तर दूध अभावका कारण शहर बजारमा बस्नेले किनेरै खान पनि नपाउने अवस्था छ । दूधजन्य पदार्थ दही, घिउ, पनिर, चिज, आइसक्रिमलगायतको खपत बढेको छ भने आपूर्ति भने कम छ ।


ताजा समाचार