नेपालले समोआलाई २१२ रनको लक्ष्य दियो
ओमानमा जारी सन् २०२६ टी–२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोटअन्तर्गत ‘सूपर सिक्स’ चरणमा नेपालले समोआलाई २१२ रनको लक्ष्य दिएको छ।
टस जितेर फील्डिङ रोजेको समोआविरुद्ध नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनायो।
नेपालका आशिफ शेखले ६९ र दीपेन्द्रसिंह ऐरीले ५३ रन योगदान दिए।
अङ्कतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ।



