आज काग तिहार

 

काेहलपुर — हिन्दु संस्कृतिअनुसार आज कार्तिक कृष्ण त्रयोदशीका दिन देशभर काग तिहार पर्व मनाइँदैछ। बिहानैदेखि घरघरमा यमराजका दूतका रूपमा कागलाई पूजा गरी मीठा–मीठा परिकार अर्पण गर्ने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार त्रयोदशी तिथि सूर्योदयसँगै परेकाले आज आइतबारै काग तिहार मनाउनुपर्ने निर्णय गरिएको हो।

शास्त्रीय विश्वासअनुसार यमराजले लोकका समाचार कागमार्फत पाउँछन्, त्यसैले कागलाई यमदूतका रूपमा मानिन्छ। कागले शुभ समाचार बोसोस् भन्ने कामनासहित आजका दिन कागलाई पूजा गरी खुसी पार्ने चलन रहँदै आएको छ।

लोक परम्पराअनुसार घर वरपर काग आएर कराएमा “शुभ बोल, शुभ बोल” भन्ने प्रचलन पनि छ। मानिसहरू कागले केही सन्देश लिएर आएको विश्वास गर्ने परम्परा अझै कायम छ।


ताजा समाचार