बिचरा अफिस…..

दिपक शर्मा (शोबित )
आफू न बोल्न सक्छ न चल्न सक्छ ।
दैनिक गरेको काममा जसको अपेक्षा गर्छ ।
बिचरा अफिस ……….
कर्म गर्नेहरुका लागि कर्म थलो बनिदिन्छ ।
धर्म गर्नेहरुका लागि सेवा थलो बनिदिन्छ ।
बिचरा अफिस………
रमाउना चाहनेहरुलाई रमाउने बाताबरण बनिदिन्छ ।
सधै कमाउन चाहनेहरुलाई कमाउने माध्यम बनिदिन्छ ।।
बिचरा अफिस ………..
सधै अफिस भन्छ राती सपनामै अफिस म हुन्छ ।
बिहान निद्रा खुल्छ अनि अफिस भन्दै हिडिदिन्छ ।।
काेहलपुर १०; बाँके


ताजा समाचार