प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेकाे उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा (एमाले)ले प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरेलाई उम्मेदवारी दर्ता  गराएका छन ।


सुवाश नेम्बाङ प्रस्तावक र रवी लामिछाने, राजेन्द्र लिङदेन र हितराज पाण्डे समर्थक रहेर देवराज घिमिरेद्वारा प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवरी दर्ता गराएका हुन।
सत्ता गठबन्धनको तर्फबाट घिमिरेलाई सभामुखको उम्मेदवार बनाइएकाे हो ।
झापा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाको समर्थन रहेको छ।
संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको लागि प्रकाशित गरेको कार्यतालिकाअनुसार आज बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ताकाे कार्यक्रम रहेकाे छ ।

सम्बन्धित समाचार