सर्लाही ४ मा गगन थापा १२ हजार ८४९ मत अन्तरले पराजित
बाँके— सर्लाही क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमेरेशकुमार सिंह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
अन्तिम मतपरिणाम अनुसार सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८ सय ३९ मत प्राप्त गरेका छन्।
सिंहले थापालाई १२ हजार ८ सय ४९ मतको फराकिलो अन्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।




