बाँकेमा ६३.४६ प्रतिशत मतदान

बाँकेमा ६३.४६ प्रतिशत मतदान
बाँके – प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बाँके जिल्लामा ६३.४६ प्रतिशत मतदान भएको छ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लाभर कुल ३ लाख ५० हजार ३७२ मतदातामध्ये २ लाख २२ हजार ३६६ मत खसेको छ।
तथ्यांकअनुसार बाँके क्षेत्र नं. १ मा कुल १ लाख २४ हजार ७२८ मतदातामध्ये ७५ हजार १९९ मत खसेको छ। यस क्षेत्रमा ६२ हजार ३६८ महिला, ६२ हजार ३५८ पुरुष र २ अन्य मतदाता रहेका छन्।
त्यस्तै बाँके क्षेत्र नं. २ मा कुल १ लाख ८ हजार २९० मतदातामध्ये ७२ हजार ६०९ मत खसेको छ। यस क्षेत्रमा ५१ हजार १६७ महिला, ५७ हजार ११७ पुरुष र ६ अन्य मतदाता रहेका छन्।
यसैगरी बाँके क्षेत्र नं. ३ मा कुल १ लाख १७ हजार ३५४ मतदातामध्ये ७४ हजार ५५८ मत खसेको छ। यस क्षेत्रमा ५८ हजार ६८९ महिला, ५८ हजार ६६४ पुरुष र १ अन्य मतदाता रहेका छन्।
जिल्लाभरका अधिकांश मतदान केन्द्रमा बिहानदेखि नै मतदाताको उत्साहजनक सहभागिता देखिएको थियो। शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको प्रशासनले जनाएको छ।
मतदान सम्पन्न भएसँगै विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरी मतगणना स्थलमा ल्याउने काम भइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज राति १० बजेदेखि प्रतिनिधि सभाको मतगणना सुरु गर्ने तयारी गरिएको छ।


ताजा समाचार