जिल्ला अदालत तनहुबाट पल शाहलाई सफाई

जिल्ला अदालतबाट तनहुले दियाे पल शाहलाई सफाई ।
बालिका बलात्कारकाे आराेप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।


आज मङ्गलवार न्यायाधीश काेमप्रसाद आचार्यकाे एकल इजलासले बलात्कारकाे आराेपमा दाबी नपुगकाे भन्दै शाहलाई सफाइ दिएको हो । जिल्ला अदालत तनहुँबाट सफाइ पाए पनि शाह तत्काल रिहा भने हुने छैनन् । उनीमाथि जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष छ महिना कैद र १० लाख रुपैयाँ क्षतिपूर्तिबापत जरिबाना तोकेको छ । त्याे सजाय काटेपछि मात्र उनी रिहा हुनेछन् । नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् ।गएकाे फागुन ११ गते बालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाेमा पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।


ताजा समाचार