काेहलपुरका सामुदायिक विद्यालयमा एस. ई. ई.परीक्षा लक्षित “माेक टेस्ट “संचालनमा
काेहलपुर
बाँकेको कोहलपुरमा नगरपालिकामा ‘एसईई माेक टेष्ट’ परीक्षा संचालन भएकाे छ ।
रुम टु रिड र कोहलपुर नगरपालिकाको सहकार्यमा आइतबारदेखि कोहलपुरमा ‘माेक टेष्ट’ परीक्षा सुरू भएको हो ।

see परिक्षाकाे पुर्वतयारीका रुपमा माेक टेष्ट परीक्षा संचालन गरिएकाे काेहलपुर नगर शिक्षाका अधिकृत रविलाल मिजारले बताउनुभयाे ।अधिकृत मिजारले परिक्षामा हुने डर त्रास हटाई विद्यार्थीले आफ्ना कमी कमजाेरी थाह पाउनका लागि पनि माेक टेष्ट महत्त्वपूर्ण भएकाे बताउनु भयाे।
see परीक्षाप्रति विद्यार्थीमा डर हुने, आफ्नो नाम, सिम्बोल नम्बर राम्ररी लेख्न नसक्ने, कस्तो खालको प्रश्नमा कति समय छुट्याएर लेख्ने भन्ने ज्ञान नहुदा सबै प्रश्नहरू हल गर्न नसक्ने समस्या देखिएकाे कारणले विद्यार्थीहरुमा परीक्षाप्रतिको डर हटाइ आत्मविश्वास बढाउने, एसइइ परीक्षाको लागि अभ्यस्त बनाउने, परीक्षाको नतिजा विश्लेषण गरि आगामी एसइइमा राम्रो अंकसहित उतीर्ण गर्न उपचारात्मक कक्षामा सहभागी गराइ सहयोग गर्ने मुख्य उद्देश्यले एसइइ नमूना परीक्षा सञ्चालन गरिएको बालिका शिक्षा कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत शुष्मा राईले बताउनु भयाे।
ज्ञानज्याेति माध्यमिक विद्यालय बगियाका छात्र माेहन राेकायले माेक टेष्टले परिक्षामा उत्तर लेख्दा समय ब्यवस्थापन गर्ने भन्ने ज्ञान भएकाे बताउनुभयाे।
कोहलपुरमा रहेका १२ वटा सामुदायिक विद्यालयमा ‘एसईई माेक टेष्ट’ परीक्षा संचालन भइरहेकाे छ ।काेहलपुर नगरभित्रका ज्ञान ज्योति मावि बगिया, नेपाल राष्ट्रिय माबि निवुवा खडकवार, सरस्वति माध्यमिक विद्यालय,पिपरी, ज्ञान ज्योति मावि चप्परगौडी, त्रिभुवन नमूना मावि, सिद्दार्थ माध्यमिक विद्यालय,रझेना, जनज्ञानज्योति माध्यमिक विद्यालय,काैशीलानगर, सगरमाथा ज्ञानपुन्ज मावि, कृष्ण मावि काैशीलानगर, जनता मावि मैटहवा, लक्ष्मी मावि बर्दहवा र राम मावि हवलदारपुरमा ‘माेक टेष्ट’ परीक्षा संचालन भइरहेकाे छ।





