रूम टु रिडकाे बालिका शिक्षाकाे प्रभावका विषयमा बालिकासंग अन्तरक्रिया

काेहलपुर
रुम टु रिडकाे बालिका शिक्षाले पारेकाे प्रभावकाे विषयमा मंगलबार काेहलपुरमा रहेकाे त्रिभुवन नमूना माविका छात्राहरुसँग अन्तरक्रिया गरिएकाे छ ।


अन्तरक्रियामा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, रूम टु रिडको बालिका शिक्षा कार्यक्रममा सहभागी बालिकाहरु ,विद्यालयका प्रधानाध्यापक देवका थापा , रूम टु रिडकाका वरिष्ठ कार्यक्रम अधिकृत सुष्मा राई लगाएतकाे सहभागीता रहेकाे थियाे।
छलफलमा रुम टु रिडकाे बालिका शिक्षा कार्यक्रम र यसले बालिकामा ल्याएका परिवर्तनकाे बारेमा छलफल भएकाे रूम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत राईले जानकारी दिनुभयाे ।
बालिकाहरूले रुम टु रिडकाे बालिका शिक्षा कार्यक्रममा सहभागी भएपछि निर्धक्कका साथ बोल्न सक्ने, रीस व्यवस्थापन गर्न सक्ने, समानुभूतिपूर्ण संवाद गर्ने, समस्या समाधान, सहि निर्णय गर्न सक्ने लगाएतका क्षमता बृद्वि भएकाे बताए। रुम टु रिडले संचालन गरेकाे बालिका शिक्षाका विभिन्न कक्षा तथा तालिम लिएपछि पढाइमा लगाव बढेको, लक्ष्य निर्धारण गरेर सोही अनुसार पढाइलाई निरन्तरता दिई रहेको उनिहरुकाे भनाई थियाे ।


काेहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले सहि समयमा सहि निर्णय गर्नुपर्ने भन्दै सिकेकाे कुरा कुरा सहि तरिकाले सहि समयमा प्रयोग गर्न सुझाव दिनुभयाे। प्रमुख प्रशासकीय अधिकृत ढकालले हिजो के भयो भनेर चिन्ता लिनुभन्दा भोलिका योजना बनाएर अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले काेहलपुरमा बालिका शिक्षा कार्यक्रम निकै प्रभावकारी देखिएकाे बताउनु भयाे।

विद्यालयका प्रधानाध्यापक देवका थापाले रुम टु रिडकाे बालिका शिक्षा कार्यक्रम लागू भएपछि घर घरमा पुगेर बालिकाको समस्या पहिचान गर्ने, काउन्सेलिङ गरि विद्यालयमा बालिकालाई ल्याउने काम भएकाे बताउनु भयाे । वालिका शिक्षा कार्यक्रममा सबैको जीवनमा नभै नहुने जीवन उपयोगी सीप सिकाउने काम भएकाे साथै बालिकाहरूको आनीबानी र अनुशासन राम्रो भएको र पढाई पनि सुधार भएको बताउनु भयाे । प्रधानाध्यापक थापाले भन्नुभयाे ,”हरेक माध्यमिक विद्यालयमा उहाँहरू जस्तै सहजकर्ताको व्यवस्था स्थानीय सरकारले गरोस् भन्ने अनुरोध
छ ।”
विद्यालयका शिक्षक पदम काफ्लेले रुम टु रिडकाे कार्यक्रम संचालन पश्चात छात्राहरुमा धेरै सकारात्मक परिवर्तन आएकाे बताउनुभयाे। शिक्षक काफ्लेले भन्नुभयाे “रूम टु रिड होइन, रेडी टु रिड भएकाे छ । रूम टु रिडकाे बालिका शिक्षा कार्यक्रमले उत्प्रेरित गरेर बालिकाहरूलाई पढ्न रेडी बनाउनु भएकाे छ ।”
विद्यालयमा बालिका शिक्षा कार्यक्रम सन् २०१५ मा सुरु भएको, उक्त विद्यालयमा ४२५ जना बालिकाहरूलाई बालिका शिक्षा कार्यक्रममा आवद्ध गरि जीवन उपयोगी सीप सहित गरि माध्यमिक शिक्षा पूरा गर्न सहयोग गर्दै आइ रहेको रूम टु रिड बाँकेका वरिष्ठ कार्यक्रम अधिकृत राईले बताउनु भयो ।
अन्तरक्रियाको सहजीकरण संस्थाका वरिष्ठ सामाजिक परिचालक अनुभा राणाले गर्नु भएको थियो ।

 

 

सम्बन्धित समाचार