काेहलपुरमा भाेलिदेखि ५औ अन्तर मा. बि. स्तरिय उप मेयर कप छात्रा क्रिकेट प्रतियोगिता हुने

अनिता अधिकारी ,काेहलपुर
बाँकेकाे काेहलपुरमा बिहिबारदेखि ५ औ अन्तर माध्यमिक बिद्यालय स्तरिय उप मेयर कप छात्रा क्रिकेट प्रतियोगिता हुँदैछ । प्रतियाेगितामा काेहलपुर नगरभित्रका १० वटा विद्यालयका छात्रालाई प्रतियोगितामा भाग लिएका छन।

फाेटाे- सामाजिक संजाल

भाेली माघ २६ गतेदेखि २९ गतेसम्म चल्ने अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालय , ज्ञान ज्याेति माध्यमिक विद्यालय बगिया, ज्ञान ज्याेति माध्यमिक विद्यालय चप्परगाैडी,सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालय,बाल ज्याेति माध्यमिक विद्यालय,भरैया, गाेरखा युनाइटेड,जनज्याेति पब्लिक स्कुल,निम्वल एकेडेमी गरि १० वटा विद्यालयले प्रतिस्पर्धा गर्ने काेहलपुर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी दिए ।

फाेटाे- दैनिक उज्यालो

छात्रा क्रिकेट प्रतियोगिता आइ सि.सि. को नियम अनुसार डियुज बलले खेलाइने र खेलाडिहरु १८ बर्ष ननाघेका हुनु पर्ने काेहलपुर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।
काेहलपुर नगरपालिकाका उप प्रमुख संगिता सुवेदीले विद्यालयमा महिला क्रिकेटका गतिविधि नभएकाे र क्रिकेट खेल्न चाहना बोकेकालाई अवसर दिन नसकेकाे बताइन । उप प्रमुख सुवेदीले भनिन -“ग्रासरुटबाट महिला क्रिकेटलाई अगाडी बढाउन आवश्यक छ ।”

छात्रा क्रिकेट प्रतियोगितामा प्रथम र द्वितिय हुनेलाई क्रमश २१ हजार र ११ हजार नगद सहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ। बाँकेको कोहलपुरमा छात्रा क्रीकेटको उद्गमस्थल हो। वि स २०६१ सालमा पहिलाेपटक छात्रा क्रिकेट शुुरुवात बाँकेकाे काेहलपुरमा भएकाे थियाे। वि स २०६१ सालमा बाँके अन्तर मा वि छात्रा क्रिकेट प्रतियाेगिताकाे उद्घाटन र समापन काेहलपुकाे क्रिकेट मैदानमा भएकाे थियाे।याे नै नेपालमा पहिलाे महिला ( प) क्रिकेट प्रतियोगिता मानिन्छ। क्षेत्रिय क्रिकेट विकास समिति क्षेत्र न ५ काे आयाेजना तथा Plan Nepal काे आर्थिक सहयाेगमा ३१ वटा टिमकाे सहभागीता पहिलाे छात्रा क्रिकेट प्रतियोगिता संचालन गरिएकाे राष्ट्रिय खेलकुद परिषदका सदस्य एल वि क्षेत्रीले जानकारी दिए।

 

 

 

 


ताजा समाचार