राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशकाे महामन्त्रीमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशकाे महामन्त्रीमा निलराज अधिकारी चयन भएका छन।
लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा यही माघ २४ गते भएको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो बिस्तारित बैठकले अधिकारीलाई महामन्त्रीमा चयन गरेकाे हाे।
बैठकले दाङका देबराज पाठकलाई पार्टीको लुम्बिनी प्रदेश सभापतिमा चयन गरेकाे रा स्व पाले जनाएकाे छ। लुम्बिनी प्रदेश समिति ६६ सदस्यीय बनाएकाे नवनियुक्त महामन्त्री अधिकारीले जानकारी दिए। बैठकले लुम्बिनी प्रदेशका ११ वटै जिलामा पार्टी संगठन बिस्तार गर्ने निर्णय भएकाे अधिकारीले बताए ।
उक्त बैठकमा पार्टी महामन्त्री डा. मुकुल ढकाल , सहममहामन्त्री कबिन्द्र बुर्लाकोटी, सङठन बिभाग प्रमुख शंकर श्रेष्ठ ,सांसद लक्ष्मी तिवारीको लगाएतकाे उपस्थिति रहेको थियो

सम्बन्धित समाचार