कोहलपुरमा उपमेयर कप छात्रा क्रिकेट प्रतियोगीता शुरु,पहिलाे खेलमा ज्ञानज्याेति मा. वि. विजयी
काेहलपुर
बाँकेको कोहलपुरमा ५ औं अन्तर माध्यमिक विद्यालय स्तरीय उपमेयर कप छात्रा क्रिकेट प्रतियोगीता विहिबारदेखि सुरु भएकाे छ ।
काेहलपुरमा रहेकाे अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ५ औं उप मेयर कप क्रिकेट प्रतियोगिताकाे उद्घाटन गर्दै काेहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले बाँके जिल्लामा महिला क्रिकेटको इतिहास उत्कृष्ट रहेको बताउदै बाँकेका महिला क्रिकेटरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेकाले काेहलपुरले महिला क्रिकेट खेललाई विशेष महत्त्व दिएकाे बताए।। नगर प्रमुख आचार्यले विद्यालय स्तरमा पढाइ सगै खेलकुदलाई पनि अगाडि बढाउनुपर्ने बताए। नगर प्रमुख आचार्यले भने -” खेलकुदलाई पनि शिक्षाकाे अभिन्न अङ्गकाे रुपमा लिनु पर्दछ।”
कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एल बि क्षेत्रीले काेहलपुर नगरपालिकाले संस्थागत रुपमा छात्रा क्रिकेटलाई महत्व दिएकाे बताउदै आगामी दिनमा महिला क्रिकेटलाई अगाडि बढाउन सबै स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा काेहलपुर नगरपालिकाका उप प्रमुख संगिता सुवेदीले खेलकुदमा महिलाहरुको सहभागिता बढाउने तथा प्रेरित गर्न आफू सधै लागि पर्ने बताईन् ।
उनले बाँकेकाे काेहलपुरबाट शुरु भएकाे महिला क्रिकेट विद्यालयहरुले भने महत्त्व नदिएकाे गुनासाे गरिन। उप प्रमुख सुवेदीले आगामी बर्षदेखि उप मेयर कपलाई थप परिस्कृत गरेर अगाडि बढाउने बताइन।
कार्यक्रममा काेहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापा,काेहलपुर नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमाल ,विभित्र विद्यालयका प्रधानाध्यापक लगाएतकाे उपस्थिति रहेकाे थियाे। उद्घाटन खेलमा बिहीबार कोहलपुर बागेश्वरी मदनचाेक र ज्ञान ज्योति मा.वि. चप्परगाैडी बिच पहिलो खेल भएको थियाे ।
ज्ञानज्याेति मा वि . चप्परगौढीले टस जितेर पहिले व्याटिङ गरेको थियो । कोहलपुर बागेश्वरी मदनचाेकले १५ ओभरमा ६ विकेट गुमाएर ११२ रन बनायाे भने ११३ रनकाे तार्गेट लिएकाे ज्ञानज्याेति मा वि . चप्परगौढीले १३.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेकाे थियाे। आजकाे खेलमा प्लेयर अफ द म्याच ज्ञानज्याेति मा वि . चप्परगौढीकि मिस्मा चाैधरी भइन।
२९ गतेसम्म चल्ने अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालय , ज्ञान ज्याेति माध्यमिक विद्यालय बगिया, ज्ञान ज्याेति माध्यमिक विद्यालय चप्परगाैडी,सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालय,बाल ज्याेति माध्यमिक विद्यालय,भरैया, गाेरखा युनाइटेड,जनज्याेति पब्लिक स्कुल,निम्वल एकेडेमी गरि १० वटा विद्यालयले प्रतिस्पर्धा गर्ने छन।