काेहलपुरमा दाेहरी साँझ सहित घैंटो डि.लाउण्ज सञ्चालनमा

काेहलपुर

बाँकेको कोहलपुरमा दाेहरी साँझ सहित घैँटो डि. लाउण्ज सञ्चालनमा आउन लागेको छ ।


शुक्रबार पत्रकार सम्मेलन गर्दै लेकाली थकाली खाना, दोहोरी साँझ, स्नुकर हाउस,पार्टी प्यालेस क्याफ एण्ड रेष्ट्ररेन्ट लगाएतकाे सेवा दिनेगरी घैँटो डि. लाउण्ज एण्ड बार सञ्चालनमा आउन लागेको सञ्चालक सदस्य खेमराज शर्माले जानकारी दिए ।


घैँटो डि. लाउण्ज एण्ड बारमा संचालन हुने दाेहरी साँझमा स्थानिय कलाकारहरुलाई प्राथमिकता दिने भएपनि संचालनकाे अवसर पारेर माघ २८ देखि फाल्गुण २ गते सम्म राष्ट्रिय कलाकारहरु इन्द्रेणीका छत्र शाही र काजल जोश, टिका पुन, दिपेन्द्र के.सी., गोपाल जिएम लगाएत आउने संचालक रुद्र खनालले जानकारी दिए।
एक कराेड बढि लागतमा शुरु हुन लागेकाे घैँटो डि. लाउण्ज एण्ड बारमा रुद्र प्रसाद खनाल, खेमराज शर्मा, लक्ष्मण पौडेल, रन्जित वलि, र सन्दिप बानियाकाे संयुक्त लगानी रहेकाे छ।


घैँटो डि. लाउण्ज एण्ड बारकाे शनिवार कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गर्ने संचालक संजित बानियाले जानकारी दिए।


ताजा समाचार