लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद विस्तार, बाँकेबाट दुर्गा र नमुना बने मन्त्री
दाङ्ग । मुख्यमन्त्री लीला गिरीले शनिबार लुम्बिनी प्रदेशको मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले बाँके निर्वाचन क्षेत्र न १ ख बाट एमालेबाट निर्वाचित दुर्गा चाैधरीलाई वन तथा वातावरण र निर्वाचन क्षेत्र न १ क बाट माओबादीबाट निर्वाचित कृष्ण के सी ” नमुना” लाई आन्तरिक मामिला,कानून तथा सहकारी मन्त्रालयकाे जिम्मेवारी ताेकेका छन।नवनियुक्त मन्त्रीहरुले आज आइतवार पद तथा गोपनीयताको शपथ लिने भएका छन ।नमुनाले यसअघि नै मन्त्रीकाे शपथ खाइसकेपनि मन्त्रालय ताेकिएकाे थिएन।उनले हिजाे मुख्यमन्त्री समक्ष राजिनामा पेश गरेपनि विस्तारित मन्त्रीपरिषदमा आन्तरिक मामिला,कानून तथा सहकारी मन्त्रालयकाे जिम्मेवारी ताेकिएकाे छ।
यस्ताे छ नयाँ मन्त्री परिषद विस्तार