जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारकाे निर्णय

काेहलपुर, – सरकारले जनयुद्ध दिवसका दिन (फागुन १) गते भाेलि साेमवार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
गृह मन्त्रालयले एक सुचना जारी गर्दै माघ २९ गतेकाे मन्त्रीपरिषदकाे निर्णय अनुसार भाेली फाल्गुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेकाे जनाइएकाे छ।
२०५२ फागुन १ गतेदेखि सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।

 

 

सम्बन्धित समाचार