ब्राउन सुगर सहित कोहलपुरमा एक जना पक्राउ

, कोहलपुर / ब्राउन सुगर सहित कोहलपुरमा एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरीको टोलीले लागूऔषध ब्राउन सुगर सहित एक जना लाई पक्राउ गरेको काेहलपुर प्रहरीले बताएकाे छ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नम्बर ५ बस्ने २८ बर्षिय निर्मल सिंह ठकुरी रहेका छन् । ठकुरीलाई ५ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राऊ गरिएको इलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए ।

डिएसपी मल्लका अनुसार, कोहलपुर नगरपालिका स्थित बाबानगर बाट ठकुरीले चलाउदै गरको भे.११ प. ७८१८ नम्बरको स्कुटीमा चेकजाँच गर्दा ठकुरीले पाईन्टको खल्तीमा लुकाई राखेको अवस्थामा ब्राउनसुगर फेला पारी पक्राऊ गरिएको हो ।

ठकुरीलाई लागुऔषध र स्कुटरसहित नियन्त्रणमा लिई आवश्यक अनुसनधान भईरहेको डिएसपी मल्लले बताए ।


ताजा समाचार