प्रदेश निजामती ऐन तक्काल जारी गर्न कर्मचारी संगठन, सुदुरपश्चिम कमिटिकाे माग

नेपाल निजामती कर्मचारी संगठन सुदुरपश्चिम प्रदेश कमिटिले प्रदेश निजामती ऐन तत्काल जारी गर्न माग गरेकाे छ।
शनिवार शहिद मनोज / झपेन्द्र स्मृति दिवशको अवसरमा धनगढीमा भएकाे प्रदेश निजामति सेवा ऐनमा समेटिनु पर्ने बिषयमा अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले अहिले ड्राफ्ट भएकाे प्रदेश निजामती ऐनमा केही वुदा संशोधन गरि तुरुन्त जारी गर्नुपर्नेमा जाेड दिएका थिए।
नेपाल निजामती कर्मचारी संगठन सुदुरपश्चिम प्रदेश संयोजक कृष्ण वहादुर शाहीको अध्यक्षता तथा सुदुरपश्चिम प्रदेशका प्रदेश मामिला समितीका सभापती माननीय नेपालु चौधरी प्रमुखआतिथ्यमा भएको अन्तरकृया कार्यक्रममा सुदुरपश्चिम प्रदेशका माननीय तथा प्रदेश मामिला समितीका सदस्य द्धय तारा लामा तामाङ्ग र मालामती कुमारी राना लगाएतले आ आफ्नाे भनाई राखेका थिए।
नेपाल निजामती कर्मचारी संगठन सुदुरपश्चिम प्रदेश महासचिव महादेव जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा था नेपाल निजामती कर्मचारी संगठन केन्द्र, प्रदेश तथा जिल्ला कमिटीका कर्मचारीले नेतृत्वकाे सहभागिता रहेको थियो ।
निजामती सेवा ऐन को ड्राफ्ट को ५५ बुदामा सच्याउन र १५ पेज लामो प्रतिबेदन सुदुर पश्चिम प्रदेस बिधायन तथा प्रदेश मामिला समितिका सभापती र सदस्यहरुलाई बुझाएकाे नेपाल निजामती कर्मचारी संगठन सुदुर पश्चिम प्रदेश समितिका महासचिव महादेव जाेशीले जानकारी दिए ।

निजामति कर्मचारीहरुको हकहितका लागी संघर्षका क्रममा शहादत प्राप्त गरेका खोटाङ्गका मनोज जोशी,पोखराका झपेन्द कार्की तथा मुगुका सुरेन्द्र विकलाई नेपाल सरकारको २०६४ माघ २२ को निर्णय बाट शहिद घोषणा गरिए पछी प्रत्येक वर्ष उनहिरुको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले साता व्यापी कार्यक्रमको आयोजना गरि मनाउदै आईएको छ ।




