गम्भीर अवस्थामा गुल्मीका शिक्षक

काेहलपुर
काेराेना संक्रमित गुल्मीका शिक्षकलाई गम्भीर अवस्थामा भेन्टिलेटरमा राखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।उनकाे रुपन्देहीको मणिग्राममा उपचार भैरहेकाे छ।
भेन्टिलेटरमा उपचार भइरहेको उनको बुधबार विहान मृत्यु भएको भनी हल्ला फैलिएकाे थियाे।
५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले मृतु भएकाे पुष्टि गरेकाे सेताेपाटीले लेखेकाे थियाे।

उनी गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका पुरुष हुन् ।उनी सामुदायीक बिद्यालयका आधारभुत तहका प्रधानध्यापक हुन।
शिक्षण पेशामा रहेका उनि बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत छन।
उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण उनलाई मंगलबार बुटवलको बिशेष कोरोना अस्पताल सार्न सकिएको थिएन । बिरामी सार्ने प्रक्रियामा जोखिम हुनसक्ने भन्दै प्रदेश सरकारका अधिकारीहरुले क्रिमशन अस्पताल प्रशासनलाई अनुरोध गरेपछि उनको त्यही नै उपचार भइरहेकाे छ ।

सम्बन्धित समाचार