काेहलपुर नगर प्रहरी प्रमुखमा थापा नियुक्त


१७भदौ,काेहलपुर । काेहलपुर नगरपालिकाको नगर प्रहरी प्रमुखमा वीर बहादुर थापा नियुक्त भएका छन् । उनले शुक्रबार नगर प्रहरी प्रमुख ( नगर प्रहरी निरिक्षक) काे रुपमा नियुक्ति बुझेकाे काेहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

थापा नेपाल प्रहरीको अवकाशप्राप्त प्रहरी निरीक्षक हुन् । करिव २८ वर्ष नेपाल प्रहरीको रुपमा काम गरेका उनी इमानदार व्यक्तिको रुपमा चिनिन्छन। काेहलपुर नगरपालिकाले एक जना नगर प्रहरी निरिक्षक, एक जना नगर प्रहरी सहायक निरिक्षक,दुई जना प्रहरी हवलदार र १२ जना नगर प्रहरी जवानकाे परिक्षाफल प्रकाशन गरिसकेको छ।


ताजा समाचार