स्व.दमाईकाे परिवारलाई निजामती कर्मचारी संगठनकाे सहयाेग
नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले स्व.दिनेश दमाईको परिवारलाई नगद सहयाेग गरेकाे छ।

नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका सदस्य रहेका दमाईको एक बर्ष अघि सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
स्व.दमाइकाे परिवारलाई शनिबार एक कार्यक्तममका विच नगद एक लाख रुपैया सहयोग गरिएको नेपाल निजामती कर्मचारी संगठनका सुदुरपश्चिम प्रदेश महासचिव महादेव जाेशीका बताए ।
कर्मचारी कल्याण कोषबाट नगद एक लाख रुपैया स्व. दिनेशकी आमा जानकी देवीलाई हस्तान्तरण गरिएको प्रदेश महासचिव जाेशीले जानकारी दिए।
कार्यक्रम मा नेकपा एमाले कंचनपुर इन्चार्ज माननीय निरु देबि पाल प्रमुख आतिथ्यमा भएकाे साे कार्यक्रममा एमाले कंचनपुर का अध्यक्ष सुरेन्द्र बिस्ट लगाएतकाे उपस्थिति रहेकाे थियाे।




