बल्न थाले बिग्रिएका सडकबत्ती
काेहलपुर

बाँकेको काेहलपुर नगरपालिकाले बिग्रिएर नबल्ने भएका सडकबत्ती मर्मत अभियानलाई तिब्रता दिएको छ । नगरपालिकाले काेहलपुर चाैराह देखि गाेल्छा सम्मका सडकबत्ति मर्मत गर्न थालेको हो । अहिलेसम्म काेहलपुरकाे गाेल्छा देखि हाइस्कुल सम्मका सडक बत्ति बल्न थालेका छन भने बाँकी चाैराहसम्मका सडक बत्तीपनि २/३ भित्र बल्ने गरि काम भइरहेकाे काेहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए। काेहलपुर चाैराह देखि गाेल्छा सम्म ५८ वटा पाेल रहेका छन।
नगरपालिकाले काेहलपुर चाैराह देखि गाेल्छा सम्म मर्मतकाे साथसाथै सम्पुर्ण पाेलहरुमा पेन्टिङ समेत गरिरहेकाे नगरपालिकाका अधिकृत हरी वलीले जानकारी दिए। अधिकृत वलीका अनुसार नगरपालिकाकाे दाेस्राे चरणमा न्युराेडमा सडक बत्ति बाल्ने याेजना छ।




