वागेश्वरी क्याम्पस कोहलपुरमा वि.वि.ए. कार्यक्रम संचालनकाे तयारी


बाँकेकाे काेहलपुरमा रहेकाे वागेश्वरी बहुमुखी क्याम्पस व्यवस्थापन संङकाय अन्तर्गत वि वि ए कार्यक्रम संचालनकाे तयारी गरिएकाे छ।
क्याम्पसमा वि वि ए कार्यक्रमकाे माग बढेपछि साे कार्यक्रम संचालनका लागि मध्यपश्चिम विश्वविद्यालयमा कार्यक्रमकाे माग गरेकाे क्याम्पस प्रमुख दान बहादुर हमालले बताए ।

मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसकाे रुपमा रहेकाे वागेश्वरी बहुमुखी क्याम्पस शनिवार अन्तर्गत वि वि ए कार्यक्रमको सम्भाव्यता अध्ययन गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति एवम् व्यवस्थापन सङकायका डिन प्रा. डा. दिप बहादुर रावलको नेतृत्वमा मध्यपश्चिम विश्वविद्यालय मुसुमका निर्देशक डा. सुशील शाही लगाएतको टिमले सम्भाव्यता अध्ययन गरिएको हो । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशको प्रवेश द्वारका रुपमा रहेकाे काेहलपुरमा विद्यार्थीकाे चाप रहने गरेकाे छ । कोहलपुरको नौवस्तामा प्रादेशिक औधोगिक क्षेत्र स्थापन हुने क्रममा रहेकाे पनि कोहलपुरमा उक्त कार्यक्रमको आवश्यक रहेको क्याम्पस प्रमुख हमालकाे भनाई छ । कोहलपुरको क्षेत्रका झन्डै २५ बढी विद्यालयमा ब्यवस्थापन विषय पढाइ हुने गरेकाे छ। काेहलपुर क्षेत्रबाट दर्जनाै विद्यार्थी नेपालगन्ज जाने गरेका छन।
क्याम्पसले वि वि ए कार्यक्रमकाे लागि कक्षाकाेठा र फर्निचर समेत तयार पारिसकेको छ। बागेश्वरी क्याम्पस वि स २०७५ सालमा मध्यपश्चिम विश्वविद्यालयमा समायोजन भएको थियो ।


ताजा समाचार