बसपार्कमा संरचनाहरु असाेज मसान्तभित्र खाली गर्ने सहमति

कोहलपुर: बाँकेको कोहलपुर नगर बिकास समितिभित्र रहेका संरचनाहरु असोज मसान्तसम्म खाली गर्ने सहमति भएको छ । काेहलपुरमा आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा असोज मसान्तसम्म नगर बिकास समिति भित्रका संरचना खाली गर्ने सहमति बनेको कोहलपुर नगरपालिकाका प्रबक्ता नमबहादुर आलेले जानकारी दिए ।

संरचना खाली गर्न पटक-पटक दिइएको अल्टिमेटम अटेरी गरेपछि सोमबार नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यको नेतृत्वको टोलीले संरचना हटाउन डोजर चलाउने प्रयास गरिएकाेको थियो ।

न्यूरोडका अतिक्रमित केहि संरचना भत्काइएपछि बसपार्क पुगेको टोलिमाथि त्यहाँका स्थानीय लाठी सहित विरोधमा उत्रिएपछि संरचना हटाउने अभियान रोकिएको थियो ।

आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा असोज मसान्तसम्म नगर बिकास समिति भित्रका संरचना खाली गर्न बसपार्क सुधार समिति समेत सहमत भएपछि अतिक्रमित संरचना हटाउने बर्षौंदेखिको प्रयास सफल हुने भएको नगर प्रमुख आचार्यले बताए ।

बैठकमा नगर प्रमुख आचार्य, उपप्रमुख संगिता सुवेदी, बाँकेका सहायक सिडिओ टोपेन्द्र केसी, कोहलपुरका डिएसपी ऐनबहादुर मल्ल, कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, एमालेका नेता बलराम भट्टराई, नेकपा माओवादी केन्द्रका काेहलपुर न अध्यक्ष अवराज खड्का, नेकपा एसका नेता नारायणी ओली, बसपार्क सुधार समितिका अध्यक्ष युवराज भण्डारी लगायत सहभागी थिए ।


ताजा समाचार