पुस्तकालयमा गएर पढ्ने संस्कृती हराउँदै गईरहेको छ – मन्त्री अथक

 

काेहलपुर, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले पछिल्लो समय पुस्तकालयमा गएर पढ्ने संस्कृती हराउँदै गईरहेको बताएका छन।


१५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले कोहलपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री अथकले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताए । मन्त्री अथकले पुस्तकालयलाई प्रविधिसँग जोडेर कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने तर्फ ध्यन केन्द्रित गर्नुपर्ने धारणा राखे । ‘पछिल्लो पुस्ता पुस्तक अध्ययनमा भन्दा बढि सामाजिक संजालमा रमाउन थालेका छन’ मन्त्री अथकले भने, ‘आजको युगसँग पुस्तकालयलाई कसरी जोड्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्ने अवस्था आएको छ ।’ पुस्तकालयलाई जिवन र जगतका बारेमा अध्ययन गर्ने थलोका रुपमा समेत बुझ्न जरुरी रहेको उनले बताए ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी वि.क, सामुदायिक पुस्तकालयका केन्द्रिय उपाध्यक्ष जयश्वर पौडेल, पूर्व जिल्ला शिक्षा अधिकारी जित वहादुर शाह , पुस्तकालयका पूर्व अध्यक्ष लिल वहादुर राना , सम्मानित व्यत्तित्व गोविन्द प्रसाद ढकाल , साहित्यकार सागर गैरे , हाम्रो पुर्णिमा प्रतिष्ठान कोहलपुरका अध्यक्ष कपिल न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

यस्तै कार्यक्रमा स्वर्गिय हरिप्रसाद पौडेल स्मृति समाज सेवा पुरस्कार वाट गोविन्द प्रसाद ढकाल सम्मानित भएका छन् । नियमित पाठकको तर्फवाट हरिवंश राना मगर सम्मानित भएका छन् । यस्तै पुस्तकालयले पूर्व कार्यसमितिलाई सम्मान तथा कदर पत्र मार्फत विदाई समेत गरेको थियो ।

 

‘ पढौं पढाऔं , निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं ’ भन्ने नाराका साथ बाँके जिल्ला माध्यामिक विद्यालय स्तरीय खुल्ला कविता प्रतियोगिता कार्यक्रम समेत गरिएको थियो ।उक्त कार्यक्रमको समन्वय हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले गरेको थियो । कार्यक्रमा बाँके जिल्लाका १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगिता मा प्रथम त्रिभुवन माविकि छात्रा जयन्ती ढकाल ,द्धितिय गोरखा युनाइटेड पव्लिक स्कुलका छात्रा आयुष्मा चित्रकार , तृतिय बाल ज्योति माध्यामिक विद्यालयका छात्रा निकिता बोहोरा र सान्तवना गोरखा युनाइटेड पव्लिक स्कुलका छात्रा कृतिका सुवेदी भएका छन् । प्रतियोगितामा विजय हुने हरुलाई क्रमस १००००, ७०००, ५०००, २००० र प्रमाण पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा सहभागि सवैजनालाई यातायात वाफत रु ५०० समेत प्रदान गरिएको थियो ।

 

यस्तै कविता प्रतियोगितामा निर्णायकमा हाम्रो पूर्णिमाका तर्फवाट वि.पि. अस्तु , नविन विलासी र सन्तोषी विष्ठले निर्णायकको भुमिका निर्वाह गरेका थिए । पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षमा भएको कार्यक्रममा सम्पन्न भएको थियो ।


ताजा समाचार