बाँकेका सम्पुर्ण सामुदायिक विद्यालय बन्द गर्न कर्मचारी परिषदकाे आग्रह

काेहलपुर । भदौ एक गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषदले भाेली आज १२ गते देखि १८ गते सम्म बाँके लगाएत देशै भरिका सामुदायिक विद्यालय बन्द गर्ने भएकाे छ ।

भदौ १ गतेबाट राजधानी केन्द्रित भएको परिषद्को आन्दोलन सरकारले माग पूरा गर्न चासाे नदेखाएकाे भन्दै विद्यालय बन्द गर्ने निर्णयमा पुगेको परिषदका बाँके अध्यक्ष कृष्ण कुँवरले बताए ।उनले भने -” बाँकेका सम्पुर्ण सामुदायिक विद्यालय बन्द गरेर हाम्राे आन्दाेलनलाई साथ दिन आग्रह गर्दछु।”
विद्यालय कर्मचारी परिषद बाँकेका अध्यक्ष कृष्ण कुँवर तथा विद्यालय कर्मचारी युनियनका बाँके अध्यक्ष चन्द्रप्रकाश खड्काले संयुक्त विज्ञप्ति जारी गर्दै बाँके जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरि विद्यालय कर्मचारीकाे आन्दाेलनमा साथ दिन सम्वन्धित पक्षलाई आग्रह गरेका छन।

परिषदले आठ गते सम्म माइतीघर मण्डलामा धर्ना दिएकाे थियाे भने ९ गते खुला मञ्चदेखि माइतीघर सम्म विरोध -याली तथा १० र ११ गते डिजिटल आन्दोलन गरेकाे छ। सरकारले अहिलेसम्म पनि आफ्ना माग पूरा नगरेकाेले विद्यालय बन्द गर्न बाध्य भएकाे परिषदका बाँके अध्यक्ष कुँवरले दैनिक उज्यालोलाई बताए।
परिषदकाे केन्द्रीय कार्यक्रम अनुसार आज भदाै १२ गते देखि १८ गते सम्म देशैभरका सामुदायिक विद्यालय बन्द गर्ने तथा १९ गते काठमाडौंमा बृहत प्रर्दशन गर्ने कार्यक्रम तय गरेको छ ।

शिक्षा ऐन २०२८ को संशोधन गरी विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने, सरकारले पूर्ण सेवासुविधाको ग्यारेन्टी, विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि रू ३४ हजार ७३० मासिक तलब र दुई हजार रूपैयाँ महंगी भत्ता गरि जम्मा रू ३६ हजार ७३० पारिश्रमिक, विद्यालय सहयोगीलाई रू २४ हजार २१० र महंगी भत्ता दुई हजार गरि रू २६ हजार २१० तलब दिनुपर्ने लगायतका माग सहित विद्यालय कर्मचारी परिषद् आन्दोलनमा होमिएको छ ।

 


ताजा समाचार