ज्ञान ज्याेति बगियामा तिज नृत्य प्रतियोगिता
- काेहलपुरमा रहेकाे ज्ञानज्याेति माध्यमिक विधालय वगियामा तिजकाे उपलक्ष्यमा नृत्य प्रतियाेगिता सम्पन्न भएकाे छ ।
बिद्यालयमा संचालन हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत नजिकदै गरेकाे तीजलाई उपलक्ष्यमा तीज नृत्य प्रतियाेगिता सम्पन्न गरेकाे हाे । विद्यालयमा रहेकाे प्रगति बाल क्लवकाे आयाेजनामा भएकाे कार्यक्रममा कार्यक्रममा कुल १२ जना बिद्यार्थीहरुले सहभागिता जनाएकाे बाल क्लवका अध्यक्ष माेहन राेकायले जानकारी दिए।
प्रतियाेगितामा कक्षा ६ मा अध्ययनरत छात्रा निरमाया शाही प्रथम, कक्षा ९ मा अध्ययनरत छात्रा रुविना क्षेत्री द्वितीय र कक्षा १० मा अध्ययनरत छात्रा दिपा वि.क.ले तृतिय स्थान हासिल गरेकाे अध्यक्ष राेकायले जानकारी दिए।
कार्यक्रमकाे संचालन बाल क्लवका अध्यक्ष माेहन राेकायले गरेका गरेका थिए ।


कार्यक्रमकाे संचालन बाल क्लवका अध्यक्ष माेहन राेकायले गरेका गरेका थिए ।


