बाँके बासिको चीत्कार सुन्दैन प्रदेश र केन्द्र सरकार – उप प्रमुख थारु
काेहलपुर नगरपालिकाका उप प्रमुख सन्जु कुमारी थारुले प्रदेश सरकार र केन्द्र सरकारले बाँके बासिकाे चीत्कार नसुनेकाे आराेप लगायकी छन ।
आफ्नाे फेसबुक स्टाटसमा उपमेयर थारु लेख्छिन :-“जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो र अनिवार्य कर्तव्य हो । यो पालिको बिपद बाजा बजायरै आएको छ यो कठिन घडिमा विशेष गरि बाँके जिल्लाको हकमा कहाँ छ प्रदेश र केन्द्र सरकार ? जिल्ला बासी त्राहिमान छ्न । परिवार,आफन्त,छिमेकी गुमाइसके यो क्रम दिन प्रतिदिन बढ्दो छ । अबको केही दिनमा सिङ्गो बाँके शोकमा डुब्दै छ। स्थानीय स्तरमा हामिले हाम्रो बर्कत लगाएका छौ हर प्रयास जारी राखेका छौ तर पनि यो महामारीको सामना गर्न श्रोत साधन प्रयाप्त जनशक्ति र पुर्बाधार निर्माण हाम्रो क्षमता भन्दा परको बिषय छ । यो समय बाँके बासिको चीत्कार किन सुन्दैन प्रदेश र केन्द्र सरकार ? सिमानाका खुल्ला छ नेपाल भित्रने ब्यक्तीहरुलाई पिसिआर गर्दैन होल्डिङ्ग सेन्टरको राम्रो सङ उपयोग भएको छैन । प्रदेश सरकार उपचार निशुल्क गर्छु भनेर बिरालोको म्याउ स्वरमा आवाज दिन्छ , चिकित्सक,अक्सिजन,बेड( icu,ventilator ) र औषधीको कमीले हुने मृत्यु को जिम्मा कस्ले लिन्छ ?उपचाररत बिरामीहरु को स्वास्थ्य लाभको कामना साथै मृतक आत्माहरु को चिर शान्तीको कामनागर्द्छु एबम शोक सन्तप्त परिवार जनमा गहिरो समबेदना छ।”