नियोजित ढंगले बदनाम गर्ने प्रयत्न भयाे- भुम भण्डारी
काेहलपुर, काेहलपुर ८ निवासी भुम भण्डारीले कोहलपुर शवदाह गृह निर्माण समितिका संयाेजक चक्र अधिकारीले” दैनिक उज्याेलाे” मार्फत प्रसारित अभिव्यक्ति प्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।

साेमबार प्रेस विज्ञप्ति मार्फत भण्डारीले नियोजित ढंगले आफुलाई एक्ल्याउने, बहिष्कार गर्ने र बदनाम गर्ने प्रयत्नहरू भइरहेको उल्लेख गरेका छन ।
“व्यक्तिगत रूपमा मलाई कोहलपुर क्षेत्रका कुनै पनि व्यक्ति, समुदाय वा राजनीतिक दलहरूप्रति न त कुनै आग्रह छ, न त पूर्वाग्रह नै छ ।” भण्डारीले भने। प्रतिस्पर्धाको दृष्टिले पनि आफुले कसैलाई कहिल्यै नहेरेकाे उनकाे भनाई छ। भण्डारी भनेका छन,”म सामाजिक, राजनीतिक र विकास योजनामा पारदर्शिता, सुशासन र जवाफदेहिताका पक्षमा म जहिल्यै स्पष्ट, अडिग र प्रतिबद्ध छु । यी मूल्यहरूमा कुनै सम्झौता हुन सक्दैन, न मबाट हुन्छ । ” कोहलपुर शवदाह गृह निर्माण प्रक्रियामा देखिएका प्रारम्भिक कमजोरीहरू र प्रश्नहरूबारे कुनै स्पष्ट, नीतिगत उत्तर प्राप्त नभएपछि आफु नेपाल राज्यका कानुनी निकायहरूमार्फत न्यायिक उपचारको बाटोमा हिँड्न बाध्य भएकाे विज्ञप्तिमा उल्लेख गरेका छन। पाँच महिनासम्म अदालतमा बहस र पैरवीको सिलसिलापछि गत चैतमा अदालतबाट निर्देशनात्मक फैसला भएको जसको प्रमाणीकरण अझै बाँकी रहेकाे भन्दै भण्डारीले अदालतको फैसला प्रमाणीकरण नभइसकेको अवस्थामा कुनै आधिकारिकता बिना सार्वजनिक रूपमा अभिव्यक्ति दिनु वा अरूलाई अभिव्यक्ति दिन लगाउनु अदालतको प्रक्रिया र सम्मानप्रति गम्भीर अवहेलनाको विषय भएकाे उल्लेख्य गरेका छन। ” यही कारणले मैले आजसम्म कुनै पनि किसिमको सार्वजनिक अभिव्यक्ति दिएको छैन । यस्ता प्रयत्नहरूप्रति घोर निन्दा प्रकट गर्दछु ।” उनले भनेका छन। यस्ता कार्यहरू पटक–पटक दोहोरिइ रहेकाे र बारम्बार अनावश्यक नियोजित अफवाह र बेइमानीपुर्ण भ्रमहरु न त स्वीकार्य नभएकाे भण्डारीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
उनले लेखेका छन,”नेपालको संविधान धारा १७ ले प्रत्याभूत गरेको स्वतन्त्र, सम्मानजनक र मर्यादित जीवन यापनको अधिकारविरुद्ध हुने कुनै पनि गतिविधि स्वीकार्य नभएकोले सच्याउन माग गर्दै आवश्यक परेमा फेरि पनि म अदालतको ढोका ढकढकाउन तयार छु ।”
विज्ञप्तिमा भण्डारीले यसै प्रेस नोटमार्फत आफुले समाज, नागरिक, सरोकारवाला निकाय, सञ्चार माध्यम र सम्बन्धित सबै पक्षलाई वस्तुस्थितिको जानकारी , अनावश्यक भ्रम नछर्न र न्याय रुपान्तरणमा बिधि पद्धतिको बिकास र आम नागरिकको सम्मान गर्न समेत आग्रह गरेका छन।




