बैशाख १३ गतेबाट बाँके जिल्लाभर ‘निषेधाज्ञा’

कोरोना संक्रमणकाे दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर निषेधाज्ञा आदेश जारी गरेकाे छ । कोरोनाको चेन तोडन भन्दै प्रशासनले १३ गते राती देखि २० गते रातीसम्मका लागि निषेधाज्ञा जारी गरेकाे हाे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक आदेश जारी गर्दै अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधान बाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा बित्तिय संस्था समेत) सवारी साधान, पसल व्यवसाय, हाटबजार संचालन र अत्यावश्यक काम बाहेकको हिडडुलमा समेत निषेध गर्ने गरी आदेश जारी गरिएको उल्लेख छ।


ताजा समाचार

error: Content is protected !!