काेहलपुरमा ५ शैय्याको कोभिड अस्थायी अस्पताललाई २५ शैय्यामा स्तरउन्नति गरिने

कोहलपुर नगरपालिका वार्ड न २ स्थित प्राकृतिक चिकित्सालाय तथा योग केन्द्रमा रहेकाे ५ शैय्याको कोभिड अस्थायी अस्पताललाई अक्सिजन सहित २५ शैय्यामा स्तरउन्नति गरि संचालन गरिने भयकाे छ।
काेहलपुर नगरपालिकाकाे हिजो बसेको आकस्मिक नगरस्तरिय कोभिड रोकथाम तथा नियन्त्रण समितिकाे बैठकले थप २५ शैय्याको लागि स्थान खोजि गरि तयारी गर्ने निर्णय गरेकाे काेहलपुर नगरपालिकाकन उप प्रमुख सन्जुकुमारी चाैधरीले जानकारी दिइन।
बैठकले कोभिड बिशेष अनुगमन समिती निर्माण गर्ने समेत निर्णय गरेकाे छ।
बैठकले नेपालगन्ज मेडिकल कलेज कोहलपुर र कोहलपुर नगरपालिकाले एक आपसमा समन्वयात्मक तरिकाले बिरामीकोको उपचार गर्ने निर्णय गरेकाे उप प्रमुख चाैधरीले जनाइन।
साथै बैठकले १२ गते राति १२ बजे देखि एक साता सम्म लक्डाउन गर्नको लागि DCCMC लाई सिफारिस गरेको छ।


ताजा समाचार

error: Content is protected !!