काेहलपुरमा आइतबारदेखि एकहप्ता लकडाउन

 

बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा भाेली आइतबारदेखि लकडाउन गरिने भएको छ ।
कोहलपुर नगरपालिकाको कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको आज बसेको आकास्मिक बैठकले स्थिति भयावह हुने आंकलपछि भोलिदेखि लकडाउन गर्ने निर्णय गरेको हो ।

 

संक्रमणको दर तिब्र रुपमा बढ्न थालेपछि मानिसहरुको चहलपल रोक्न लकडाउन गर्नु परेको कोहलपुर नगरपालिका स्राेतले जनायकाे छ ।

कोरोनाको चेन ब्रेक गर्न लकडाउनको विकल्प नभएको बैठकले निष्कर्ष निकालेको थियाे ।

 

 

 


ताजा समाचार

error: Content is protected !!