काेराेना संक्रमितकाे अवस्था बुझ्न स्वास्थ्यकर्मी सहित पुगे जनप्रतिनिधि घर -घरमा

काेहलपुर

काेहलपुर नगरपालिका वडा न . ११ का जनप्रतिनिधि र स्वास्थ्यकर्मीकाे टाेली काेराेना संक्रमण भई हाेम आइसाेलेसनमा बसेका बिरामीकाे अवस्था बुझ्न घर घरमा पुगेकाे छ।
काेहलपुर नगरपालिकामा मध्ये सबैभन्दा धेरै संक्रमित भएकाे वडा न .११ का वडा सदस्य तथा कर्यपालिका सदस्य कल्पना अधिकारी ,वडा सदस्य छविलाल भट्टराई , काेहलपुर स्वास्थ्य चाैकी प्रमुख प्रकाश जङ्ग हमाल लगायतकाे टाेली संक्रमितको अवस्था बुझ्न घर घरमा पुगेकाे हाे।
हाेम आइसाेलेसनमा बसेका काेराेना संक्रमितलाई निगरानी गरि उचित सल्लाह र सुझाव दिने तथा अप्ठ्यारोमा परेकालाई आवश्यक सहयोग गर्न अाफुहरु वडाकाे प्रत्येक टाेल टाेलमा पुग्ने अभियान चलायकाे वडा न .११ का वडा सदस्य तथा कर्यपालिका सदस्य कल्पना अधिकारीले जानकारी दिइन।
वडा वासीलाई काराेना संक्रमणकाे कारण कुनै अप्ठ्यारो नपराेस भनेर आफुहरु लागिपरेकाे वडा सदस्य छविलाल भट्टराईले बताए।
काेहलपुर नगरपालिकामा वडा न ११ मा ३२४ जना सक्रिय काेराेना संक्रमित रहेकाेमा ३२० जना हाेम आइसाेलेसनमा र ४ जना अस्पतालमा रहेकाे , १४२ जना निकाे भएकाे , २ जनाकाे मृत्यु भएकाे काेहलपुर स्वास्थ्य चाैकी प्रमुख प्रकाश जङ्ग हमाल बताए।

 

सम्बन्धित समाचार