स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री सहित कार्यपालिका सदस्य अधिकारी संक्रमितकाे घरमा

काेहलपुर

काेहलपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा न ११ का वडा सदस्य कल्पना अधिकारी स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री सहित काेराेना संक्रमण भई हाेम आइसाेलेसनमा बसेका काे घर घरमा पुगेकी छन।
कार्यपालिका सदस्य अधिकारी र हेल्थ असिस्टेन्स सुधन बुढाथाेकी काेहलपुर -११ मा हाेम आइसाेलेसनमा बसेका संक्रमितकाे घरमा पुगि आबश्यक सल्लाह सहित स्वास्थ्य सामाग्री वितरण गरेका हुन।


अहिले स्वास्थ्यकर्मी सहित घरघरमा पुगेर उनिहरुका समस्या बुझ्ने,हाैसला दिने र आवश्यक स्वास्थ्य सल्लाह दिने गरिरहेकाे अधिकारीले दैनिक उज्यालोलाई बताईन।

काेहलपुर वडा न ११ मा ३२८ जना हाेम आइसाेलेसनमा छन भने २ जना अस्पतालमा उपचार गराइरहेका छन।यसैगरी १सय ५४ जना निकाे भइसकेका छन भने २ जनाकाे मृत्यु भयकाे छ।

सम्बन्धित समाचार